
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) आउँदो भदौ १९ देखि २७ गतेसम्म हुने भएको छ ।
खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।
नेपालमा पहिलोपटक हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिगको आन्तरिक तयारी तीव्र गतिमा अघि बढाइएको छ । हालै खेलाडी ‘अक्सन’ सम्पन्न भइसकेको नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिए ।
एनभीएलको पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने आयोजकले बताए ।
