
काठमाडौँ ।साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा भीम उदासद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘विदेशमा नेपाल खोज्दै’को परिचर्चा सम्पन्न भएको छ ।
काठमाडौँ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा साहित्यकार एस्पी कोइरालाले कुटनीति, कलम र कर्म भीम उदासको शक्ति भएको धारणा राखे ।
कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसीले कृति महत्वपूर्ण भएको बताए । कार्यक्रममा पूर्वराजदूत उदासले आफू यूएनअन्तर्गतको सेवामा रहँदा मुलुक बाहिर रहेका नेपालीहरूलाई संगठित कसरी गर्न सकिन्छ भनेर सोच्ने गरेको बताउँदै त्यसैको परिणाम एनआरएनको स्थापना भएको बताए ।
कृतिकार उदासको परिचय संघका अध्यक्षले दिए ।
कृतिकार उदासको यो पुस्तक एनआरएनको स्थापनाकालीन विषयमा केन्द्रित छ ।



