
काठमाडौं।नेकपा (एमाले)का नेता राजेन्द्र गौतमले उमेदवारी फिर्ता लिएका छन् ।
पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार ९मंसिर २९० उनले उपमहासचिव पदमा उमेदवारी दिएका थिए ।
उमेदवारको अन्तिम नामावलीमा उनको नाम छ । तर, उनले अन्तिम नामावली प्रकाशन भइसकेपछि आफू उमेदवार नरहेको बताए ।
अध्यक्ष केपी शर्मा ओली प्यानलमा नपरेपछि उनले उपमहासचिव पदमा स्वतन्त्र उमेदवारी दिएका थिए । खुला केन्द्रीय सदस्यमा भने उनको उमेदवारी कायम छ ।

