
आस्थाको पर्खाल भत्किएको छ।
विश्वासको पोखरी धमलिएको छ।
सिर्जनाको मुहान सुकेको छ।
यहाँ लोकतन्त्र रुमल्लिएको छ।
सबै फलाक्छन् यहाँ लोकतन्त्र रे!
तर खै कहाँ यसको अस्तित्व छ।
नेताको आश्वासन बलियो भएको छ।
कुर्सी र पैसाको मोहमा फसेको छ।
जनताको विश्वास पातलिएको छ।
महङ्गीको चपेटामा पिल्सिएको छ।
भ्रष्टाचारीको बिगबिगी बढेको छ !
नैतिकताको पतन हुँदै गएको छ।
सबै भन्छन् यहाँ लोकतन्त्र आएको छ।
तर खै जनताले लोकतन्त्रको
आभास पाएको यहाँ !
साँच्चै यहाँ त लोकतन्त्र हराएको रहेछ !







