
कविता
मुर्छित मन !
दिव्य गिरी
बिर्सियो कसैले
सम्झियो कसैले
मन विचलित भएको छ त्यसैले ।
तर्सायो कसैले
लखेट्यो कसैले
मन भयभित भएको छ त्यसैले ।
भुलायो कसैले
डुलायो कसैले
मन दण्डित भएको छ त्यसैले ।
बोलायो कसैले
लघार्यो कसैले
मन खण्डित भएको छ त्यसैले ।
उठायो कसैले
लडायो कसैले
मन मुर्छित भएको छ त्यसैले ।
जितायो कसैले
हरायो कसैले
मन आतङ्कित भएको छ त्यसैले ।
हँसायो कसैले
रुवायो कसैले
मन गलित भएको छ त्यसैले ।
पिरती लायो कसैले
मुटु जलायो कसैले
मन मुर्छित भएको छ त्यसैले ।

