
काठमाडौँ। वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले आफ्नो नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक गरेका छन्।
डा. अधिकारीकै आधिकारिक YouTube च्यानल Ananta Adhikari मार्फत सार्वजनिक गरिएको उक्त गीतमा डा. अधिकारीकै शब्दरचना रहेको छ भने संगीतकार संघ नेपालका अध्यक्ष तथा प्रख्यात संगीतकार अष्ट लामाको संगीत र नेपाल आइडल विजेता गायिका गंगा सोनामको सुमधुर स्वर रहेको छ।
‘मुटुसँग खेल खेल्यौ’ मा प्रेम, समर्पण, विरह र धोखाजस्ता मानवीय संवेदनालाई शब्दमार्फत प्रस्तुत गरिएको छ। गीतले प्रेम र वियोगका भावनालाई संवेदनशील ढंगले अभिव्यक्त गरेको छ।
वरिष्ठ निर्देशक सुनिल पाण्डेको निर्देशनमा तयार भएको यस गीति भिडियोमा सोनी लगुन, प्रवीण डी.सी. तथा राजेश श्रेष्ठले अभिनय गरेका छन्। गीति भिडियोको छायांकन काठमाडौं उपत्यका वरपरका रमणीय स्थानहरूमा गरिएको छ।
कविता,नियात्रा तथा गीतका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका डा. अधिकारीका ‘सिरीरिरी बतासै चल्यो लै लै’ तथा ‘म पागल होइन’ जस्ता गीतहरू यसअघि नै चर्चित छन्।
