
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता असोज १९ गते हुने भएको छ।
महाधिवेशन निर्वाचन समितिले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा उम्मेदवारी मनोनयन पत्र दर्ता गरिनेछ।
निर्वाचन समितिले तोकिएको समयभित्र योग्य उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र दाखिल गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यहरूलाई आग्रह गरेको छ।
कांग्रेसमा १ सभापति, २ उपसाभपति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ।
कांग्रेसमा ७५ सय हाराहारी महाधिवेशन प्रतिनिधि छन्।

