
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
त्यस्तै, कोसी, मधेस, वाग्मती प्रदेशका सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
आइतबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।

