
काभ्रे । ‘उद्यमशिलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ काभ्रे जिल्ला सहकारी संघको ४५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा अध्यक्ष अमन पोटेले संस्थाको बार्षिक गतिविधि, आगामी योजना तथा सहकारी सम्वन्धी परिवर्तित नियम, कानून र ऐनका बारेमा जानकारी गराएका थिए ।
सचिव प्रकाश बञ्जाराले जिल्ला सहकारी संघका सांगठनिक तथा संरचनागत र नीतिगत विषयमा भएका गतिविधिहरु, स्थापना दिवस तथा अन्य सामाजिक उत्तरदायित्वका विषयको प्रगति प्रतिवेदन प्रस्तुत गरे।
अघिल्लो आर्थिक वर्षमा भएको आम्दानी तथा खर्चको विवरण, चालु वर्षको बजेट, आर्थिक कारोवार, लाभाशं वितरण तथा खर्च कटौती र राज्यका निकायमा राजश्व मार्फत पु¥याएको योगदानका बारेमा कोषाध्यक्ष अर्जुन सापकोटाले प्रतिवेदन प्रस्तुत गरे।
लेखा समितिका तर्फबाट सदस्य पवनराज कर्णजितले लेखामा भएका गतिविधिहरु प्रस्तुत गरे ।
साधारण सभामा प्रस्तुत प्रतिवेदनहरु सर्वसम्वत रुपमा पास भए।
संघको ३ करोड ४९ लाख ६ हजार ४ ससय शेयर पुँजी रहेको छ । २७ करोड १ लाख ६२ हजार ३ सय ९९ रुपैया कर्जा लगानी गरिएको छ । ५ करोड ८४ लाख ६५ हजार ४ सय २९ बचत संकलन रहेको खुद मुनाफा १ करोड २९ लाख ७२ हजार ७ सय १२ रहेको संघले विभिन्न निकायमा ७० लाख ३४ हजार ८ सय ४८ रुपैयाँको कर बुझाएको छ । जग्गाको पुर्नमुल्यांकन कोष, जोखिम कोष तथा विभिन्न कोषहरुमा रकम जम्मा गरिएको छ ।
सभामा महिला उपाध्यक्ष मिरा सत्यालले स्वागत मन्तब्य राखिन्।
उपाध्यक्ष शान्ति लामाले सभामा धन्यवाद ब्यक्त गरिन । १४ सय ९५ वटा सहकारी हस्तान्तरण गरेको डिभिजन सहकारीले पछिल्लो क्रममा ५ सय ८८ वटा चालु अवस्थामा छन् । एकीकरण, बन्द हुने क्रम जारी रहेकाले ३ सय भन्दा धेरै सहकारीहरु नियमित भएको तथ्यांक देखिएको छ । संघमा भने ५ सय ८८ वटा आवद्ध भएका छन् ।

