
गजल
रुबिना राना
अलिकति नजिक अलिकति दुर भएको छु
जिन्दगी,जिन्दगी जस्तो बनाउन आतुर भएको छु
चारैतिर झुटको खेती हुने यो दुनियामा आज
म सत्यतालाई अङ्गाल्न एकसुर भएको छु
रहरहरु सपनाहरु अझै पनि जिवित छन्
केहि समय जिम्मेवारीमा रम्न मजबुर भएको छु
हात नपर्दै त्यो मेहेनतको फल मैले देखिसके
विश्वास छ मलाई म सफल जरुर भएको छु
कसैलाई दोष दिन्न, कसैको पनि गल्ती छैन
ऊ भन्दैछ म आफ्नै कारणले चकनाचुर भएको छु
मेरो नजिकै आए तिम्रो मुस्कानका बाछिटाहरु
तिमीलाई देखेर नै म खुशीले भरपुर भएको छु
