
नेपालगञ्ज । भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँकेको २४ औँ साधारण सभा तथा ८ औँ अधिवेशनबाट केन्द्रीय अध्यक्ष पदमा मीना बराल निर्वाचित भएकी छिन् ।
वरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभामा प्राडा गोपाल प्रसाद शर्मा अधिकारी,प्राडा कृष्णप्रसाद घिमिरे,महेन्द्र प्रसाद गिरी,नरेन्द्र जङ पिटर,डा.हरिप्रसाद तिमिल्सिना,डा.पुष्कर रिजाल समेतको विशेष उपस्थिति रहेको थियो ।
सभामा पन्ध्र वर्षसम्म संस्थाको नेतृत्व गरी संस्थागत विकास गर्न ऐतिहासिक योगदान गर्ने,भाषा साहित्यको उननयन विकास,सिर्जना समालोचना,अनुसन्धान र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गोष्ठी सेमिनारद्धारा नेपालका अन्य भाषा साहित्यको उन्नयनमा योगदान पुर्याउनेहरुलाई अभिनन्दन गरियो ।
यसरी अभिनन्दित हुनेमा प्रेमप्रकाश मल्ल,मधुकर पुरस्कार कोषका संस्थापक बखत मल्ल,वाणी श्री मल्ल,लक्षिमा शेरबहादुर रानाभाट स्मृति पुरस्कार कोषका संस्थापक भीमबहादुर रानाभाट,सुर्खेतका महेन्द्र प्रसाद गिरी,पंकज कुमार श्रेष्ठ,पुष्पमणि प्रधान लगायत थिए ।
अधिवेशनले तीन वर्षमा संस्थाले गरेका कार्य र आगामी तीन वर्षको लागि नीति तथा कार्यक्रम तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न सभाको सञ्चालन महासचिव सुन्दर गुरुङले गरेका थिए ।


