
कार्तिक २४, अन्तराभव (भार्दो) सम्बन्धी शिक्षाहरू सुन्दा हुने लाभ यो हो कि यसले भविष्यमा तपाईंले भोग्नुपर्ने संसारको दुःखलाई धेरै हदसम्म कम गर्नेछ। अर्थात्, यसले तपाईंको सुखलाई धेरै बढाउनेछ। यी शिक्षाहरू केवल सुन्नु मात्रै पनि सामान्य कुरा होइन, यसको महत्व ज्यादै ठूलो छ। यी शिक्षाहरूले अन्तराभवको अवस्थाको साँचो र सही वर्णन गर्छन्। त्यसैले जब तपाईं सबैभन्दा ठूलो खतरा वा तनाव र त्रासबाट गुज्रिरहनुभएको हुन्छ, अर्थात् जब तपाईंलाई सबैभन्दा बढी आवश्यकता हुन्छ, त्यतिबेला यी शिक्षाहरू तपाईंको लागि विशेष सहयोगी हुन्छन्।
– जर्नी अफ द माइन्ड, पृष्ठ १०७ बाट








