
चर्चामा पुस्तक
धमिराको देवल
बोधराज पौडेलको निबन्धकृति धमिराको देवलमा वैचारिक शिल्पले भरिएका अनुभूतिको चास्नीमा पाकेका,जीवनप्रतिको वोधले सजिएका निबन्धहरु कृतिमा छन् ।
निबन्धका पाठकहरुमा गहिरो छाप छोड्नसक्ने सामाथ्र्यचेतका बाईस थान आत्मपरक निबन्धहरु यस कृतिमा पढ्न सकिन्छ ।निजत्व कृतिको विशेषता हो ।
ससाना विषयहरुलाई टिपेर जीवनका भोगाइहरु पर्गेलेर आएका सुस्वादु निबन्धले पाठक तानिन्छ।
अलिक बेशी क्लिष्टताको छनक दिने निबन्धहरुमा परिपक्ब अभिव्यक्ति पाउन सकिन्छ ।
धमिराको देवललाई परिबोध मिडिया प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.४५०। रहेको छ ।
बाल महाभारत
बहुचर्चित महाभारतको कथालाई बालबालिकाले बुझ्ने सरल भाषामा पुनर्लेखन गरेका छन् छवि अनित्यले । यो कृति महाभारतको बारेमा जानकारी राख्न चाहाने बालबालिकालाई लक्षित गरि तयार पारिएको देखिन्छ ।
साहसको कथा हो महाभारत । मित्रताको बेजोड कहानी हो महाभारत । यसमा कर्तव्यपरायणतालाई जोड पनि दिइएको छ । यसैले कृति बालबालिकामा असाध्य प्रभावकारी सिद्ध हुनसक्छ । नयाँ पुस्तालाई हाम्रो प्राचीन महाभारतको विराट कथा सजिलै बुझाउन कृति सफल देखिन्छ ।कृति सचित्र रुपमा आएको छ । विशेषत: विद्यालय तहका भाइबैनीहरुको लागि कृति महत्वपूर्ण छ ।
यो बाल महाभारतलाई कलम प्रकाशनले वजारमा ल्याएको हो ।यसको मूल्य रु.२९८। रहेको छ।








