
कविता
हरित आभा
रुपा रिसाल
डाँडामाथि सिन्दुरका रङ्ग
लाललाल भैदिए फूलहरु
परीहरु उड्दै नाँचिरहेका
सौन्दर्य छर्ने लाँली गुराँस
सुनगाभा फूल्ने हत्केलाहरु
सिसमित क्यानभासमा रहें ।
डोल्जर आँतङ्कका त्रासले
भयभित चराचुरुङ्गीका व्यथा
बर्षौ खडा रुखहरु छपानले
शुसुप्त कोमल नवपालुवाका
उदार नयन उघार्नु अघि अस्ताए
भूमिमै लडे लम्पसार कोपिला
विवस हराएका वन्यजन्तुका
अस्तित्व खोज्न लालायित
अवशेष विहीन लतिकाका कण
चिहान बन्न बाध्यकारी मरुभूमि
ढलानले छोपिएको पर्या आवरण ।
धुवाँले ढाकिएका वायुमण्डल
स्वछन्द प्रकृतिको खिल्ली उडाई
अमानवीय कर्मण्यको उपजले
निम्त्याएको उच्च तापका अग्नीले
सेकिएका रुख्खो कंक्रीड बस्ती
विरुप अनुहारमा दलिएको मोसो ।
हृदय विदारक असभ्य शहरका
भयङ्रर विद्रुप नाप नक्सा स्वरुप
विथोलिएका सत्वगुणका अवशेष
पाप र पुण्यमा समाहित शेष
हरितगृहमा अन्वेषण गर्नु पर्यावरण
सूक्ष्म अध्ययन कक्ष प्रयोगशालामा
हरियाली ढाक्ने पाखा पखेराका
आवरणसँगै हरित आभाका गुणस्तर ।


