BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्व पहिला ब्याटिङ गर्ने भएको छ ।
मलेसियाको बायोमास ओभलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् ।
नेपाल दोस्रो तथा यूएई लगातार तेस्रोपटक फाइनलमा प्रतिस्पर्धा गर्दै छन् ।
नेपाल सन् २०२३ र यूएई गत संस्करणको च्याम्पियन हुन् । यो खेलको विजेताले एसीसी एसिया कपमा स्थान बनाउनेछ । त्यसैले, दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छन् ।
प्रतियोगितामा अपराजित रहने यूएई एक्लो टोली हो । यूएईले समूह चरणमा ओमन, कतार, कुवेत र सिंगापुर तथा सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।
