sf7df8f}F, & r}tM
5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f
sf7df8f}FFsf] tf/s]Zj/ gu/kflnsf!) l:yt dgd}h'df cfh lbpF;f] k/]sf] kfgLdf 5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f . tl:a/M xl//fd e]6'jfn÷/f;;
काठमाडौँ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेको विभागले बताएको छ ।
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनएको छ ।
विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति कोसी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।
विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
राति देशभर साधारणतया बादल लाग्ने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

