
काठमाडौँ ।चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार बेइजिङबाट भारततर्फ प्रस्थान गरेका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’का अनुसार राष्ट्रपति सीको टोलीमा चिनियाँ विदेशमन्त्री वाङ यि तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी छन्।
यसैबीच भारतका लागि चिनियाँ राजदूत शु फेहोङले शुक्रबार राति सामाजिक सञ्जाल ‘एक्स’मार्फत राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने द्विपक्षीय भेटवार्ताको अन्तिम तयारी भइरहेको पुष्टि गरेका छन्।


