काठमाडौ । आइसीसी टी २० विश्वकप क्रिकेटका सुपर ८ चरणका खेल आजबाट सुरु हुने भएको छ ।
सुपर आठमा पुगेका टीमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह १ मा अफगानिस्तान,अष्ट्रेलिया,बंगलादेश र भारत रहेका छन् भने समूह २ मा इगल्याण्ड,दक्षिण अफ्रिका,अमेरिका र वेष्ट इण्डिज रहेका छन् ।
पहिलो खेल बुधबार नेपाली समय अनुसार बेलुका ८.१५ बजे आयोजक अमेरिका र दक्षिण अफ्रिकाविच हुनेछ ।