
काठमाडौँ। दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ ।
डलास स्टेडियममा भएको खेल २-२ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै गोल भएका थिए ।
५०औं मिनेटमा भर्जिल भान डाइकले हेडरमार्फत गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटमा नै जापानले बराबरी गोल फर्कायो ।
केइतो नाकामुराले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको सात मिनेटमा नेदरल्यान्ड्सले फेरि अग्रता लियो । ६४औं मिनेटमा क्रिसेन्सो समरभिलले गोल गरेपछि नेदरल्यान्ड्स अग्रतामा आयो ।
कर्नरबाट आएको बललाई हेडर गोल गरेर ८९औं मिनेटमा डाइची कामाडाले खेललाई बराबरीको अबस्थामा फर्काएका हुन् ।
यो खेलमा दुबै टोलीले समान २/२ अंक बाँडे ।
