
काठमाडौँ।अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभरहरू सवार एउटा निजी विमान आइतबार दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी विमानका पाइलटसहित सबै यात्रुले ज्यान गुमाएका हुन् ।
क्यान्सास सिटीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको बटलर मेमोरियल विमानस्थलनजिकै दुर्घटना भएको हो । उडान भरेको केही समयपछि विमान दुर्घटना भएको जनाइएको छ ।
उक्त विमान स्काईडाइभ क्यान्सास सिटी कम्पनीद्वारा सञ्चालित थियो । कम्पनीले विज्ञप्ति जारी गर्दै दुर्घटनामा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाएको छ ।
