
काठमाडौँ।मद डियालोले अन्तिम मिनेटमा गरेको गोल मदतमा आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १-० ले पराजित गरेको छ ।
फिलाडेल्फिया स्टेडियममा सोमबार बिहान भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डियालोले ९०औं मिनेटमा गोल गरे ।
उनले विलफ्रेड सिंगोको पासमा गोल गरेका हुन् ।
यो जीतसँगै आइभरी कोस्टले समूह इ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।