
काठमाडौँ। विश्वकपको आफ्नो पहिलो खेलमा स्वीडेन विजयी भएको छ ।
अमेरिकामा भएको खेलमा ट्युनिसियाविरुद्ध स्वीडेनले ५-१ को जित निकालेको हो ।
स्वीडेनका लागि ७ मिनेटमा यासिन आएरीले गोल गरेका थिए । २८ औँ मिनेटमा अलेक्सजेन्दर इजाकले गोल गर्दै अग्रता दोब्बर बनाए ।
ट्युनिसियाका ओमार रेकिकले ४२ औँ मिनेटमा गोल फर्काएका थिए । ५९ मिनेटमा स्वीडेनका भिक्टोर ग्योकर्सले गोल थपेपछि खेल ३-१ को स्थितिमा पुग्यो ।
८८ औँ मिनेटमा म्याटियन स्यानवर्गले गोल गरे । उनको गोललाई फिल्ड रेफ्रीले अफसाइड संकेत गरे पनि भिजुअल एसिन्टेन्ट रेफ्री (भीएआर) ले गोल संकेत गर्यो । जितसँगै स्वीडेनले तीन अंक प्राप्त गरेको छ । इन्जुरी टाइममा यसिनले गोल थप्दा स्वीडेन ५-१ ले विजयी भयो ।