
पुराना पुस्तक
कृति : मोदनाथ प्रश्रित : केही अध्ययन
विधा : समालोचना
सम्पादन : डा.कपिल लामिछाने
यसभित्र चर्चित साहित्यकार मोदनाथ प्रश्रितका विभिन्न कृतिहरुका बारेमा गरिएका समालोचनाहरु समावेश गरिएका छन् । नेपाली,हिन्दि,अंगे्रजी,संस्कृत लगायतका भाषाका जानकार र अध्येता प्रश्रितका मानव महाकाव्य,देवासुर संग्राम,पचास रुपैयाँको नोट,गोलघरको सन्देश,आमाको आँसु,अतितका पाइलाहरु,चोर, भूत प्रेतको कथा लगायतका कृतिमाथि विभिन्न समालोचकहरुले गरेका समालोचनाहरु यसकृतिभित्र परेका छन् ।
प्रश्रितको बारेमा जान्न चाहाने र उनको भाषा साहित्यमा दिएको योगदान बारे बुझ्न चाहाने अध्येता, अनुसन्धानदाता, समालोचक, विद्यार्थी,समीक्षक लगायत सबैलाई लाभप्रद कृति हो ।
डा.कपिलदेव लामिछानेको सम्पादनमा मोदनाथ प्रश्रित : केही अध्ययनलाई पहिलो पटक जुही प्रकाशनले वि.सं.२०६८ सालमा प्रकाशनमा ल्याएको हो ।
कृति :मफलर युद्ध
विधा :कवितासङ्ग्रह
कवि :अनिल श्रेष्ठ
कवि अनिल श्रेष्ठ सुन्दर कविता लेख्छन् । जीवनका अनेकानेन अवयवहरुमा कविता लेख्ने उनी प्रगतिवादी कवि हुन् । ३८ थान विभिन्न शिर्षकमा रहेका कवितामा प्रगतिशिल कविताहरु भरिएका छन् । राजनीति र समाजलाई बोध गर्ने,गरिखानेको पक्षमा आवाज उठाउने कविताहरु यहाँ छन् । श्रमसँग जोडिएका बिम्बात्मक कविताहरु छन् । जीवनमा सुन्दर भविष्यको आशावादी भाव अभिव्यक्त गर्ने कविताले परिवर्तनको पक्षमा आफुलाई उभ्याएका छन् । यूगिन चेतले भरिएका कवि विकृति र विसंगति विरुद्ध जेहाद छेड्छन् कविता मार्फत । राजनीतिक नेतृत्वका वेइमानी प्रति खवरदारी गर्छन् । यसमा मिहेनतकस जनताका श्रम,शोषणका विभिन्न रुप,ग्रामिण जनजीवनका दुखका कथा जस्ता विषयमा सुन्दर सामाजिक,प्राकृतिक विम्ब र प्रतिकहरु प्रयुक्त गरिएका कविताहरु छन् ।
कवि अनिलका लघुतम र लघु कविता साँच्चै बान्की परेका,सुन्दर छन् ।
मफलर युद्धलाई पहिलो पटक वि.सं.२०६९ मा पाठ्य सामाग्री केन्द्रले प्रकाशनमा ल्याएको हो ।
कृति :डोटयाली हाइकु हिङालो
विधा :हाइकुसङ्ग्रह
कृतिकार: आर डी प्रभास चटौत
शब्द चयन,विषय चयन लगायतका हिसावले सुन्दर हाइकुहरु छन् । डोटयाली भाषामा यो पहिलो हाइकु हो । अनुपाम मिलाएर लेखिएका सामाजिक कथाव्यथा,मायाप्रेम,देशप्रेम,आम जनताका दैनिकी लगायतका विभिन्न विषयमा हाइकुहरु आएका छन् । यस्तै विषय विविधाका एकसय तेइस थान हाइकुहरु यसमा समावेश गरिएका छन् ।
डोटयाली हाइकु हिङालोलाई राज्यलक्ष्मी प्र्रकाशनले प्रकाशित गरेको हो ।







