
कविता
राजीव श्रेष्ठ
अनौठो मित्रता
एउटा पथ थियो
जँगलै जँगलको बीच
कसैले हिंड्दा हिंड्दै छाडेको जस्तो
अचम्मको त्यो पदचिन्ह कस्तो ?
हिंडेर त्यो बाटो पुगिन्थ्यो
परको एक गाउँ
सुनसान बस्तीविहिन ठाउँ
मानवरहित विरानो परदेश जस्तो
त्यो मार्ग पहिल्याउने यात्री पनि
स्वयं एउटा पहेली थियो
नितान्त एक्लो अपरिचित पराई झैं
जँगलबीचको तलाउमा झुल्किएको मधुरो जुन जस्तो
त्यो पथ,त्यो गाउँ र ती यात्रीबीच
विशाल अनेकता भएतापनि
यौटा समता थियो
कि ती तिनैबीच
अनौठो मित्रता थियो ।
धापाखेल







