चर्चामा पुस्तक
लेकबेँसीका सुगन्ध
महेन्द्र चालिसेको तेस्रो नियात्रासंग्रह हो । यात्राका अनुभूतिहरुलाई स्पष्ट राख्ने खुवीका २२ थान नियात्राहरु यस कृतिले समेटेको छ । मनमोहक ढंगले यात्रा गरेका स्थानहरुको वर्णन गरिएका, निजात्मक अनुभूतिमा रहेर सृजना गरिएका नियात्राहरु छन् । यात्रा गरिएका भूगोलहरु,त्यहाँको परिवेशहरुको मज्जैको चित्रण छ । उनका यात्राहरु खोजपूर्ण पनि लाग्छन् । विभिन्न स्थानमा योगदान गर्नेहरुको स्मरण पनि त्यहाँ पाइन्छ । विशेषतः अधिकाँश यात्राहरु धार्मिक देखिएका छन् ।तसर्थ विभिन्न मन्दिर र तिर्थाटनहरुको इतिहास,किम्बदन्ति र धार्मिक महत्व समेत नियात्राले उजागर गरेका छन् ।
सरल भाषा प्रयुक्त छ ।
लेकबेंसीका सुगन्धलाई सुरभि साहित्य प्रतिष्ठानले बजारमा ल्याएको हो ।
संस्मरणमा जीवनयात्रा
उद्धव सापकोटाको पहिलो संस्मरणात्मक निबन्धसंग्रह हो । यसमा लेखकले आफ्ना बाल्यकालदेखि नेपालीसेनामा प्रवेश र अवकाश सम्मका कुराहरु नालीवेली प्रस्तुत गरेका छन् । यसमा उनका दुखका पहाडहरु,पढाइमा पाइएका सफलताहरु ,जागिरे जीवनका संघर्ष र सफलताका कथाहरु पढ्न पाइन्छ । सर्सर्ती हेर्दा भन्न सकिन्छ यो जीव्नीपरक निबन्धहरुको संग्रह हो । यसमा उनको सम्पूर्ण जीवनयात्राहरु प्रतिबिम्बित भएर आएका छन् । इमान्दार भएर आफ्नो जीवनी उतारेका छन् ।
सरल भाषाशैली,विवरणात्मक प्रस्तुतिले संग्रह अघि बढेको छ । नयाँ पुस्तालाई पुरानाका वाल्यकाल कति कष्टकर,संघर्षमय र अभावमा जकेडेर व्यतित गर्नुपरेको थियो भन्ने बारेमा समेत पुस्तक सचेत भएर जानकारी दिए जस्तो देखिन्छ । द्धन्दकालीन परिवेश,दैवि विपत्तिका क्षति लगायतको विषयमा समेत तथ्यात्मकता सहित लेखक आएका देखिँदा यो कृति जानकारीमूलक पनि लाग्छ ।
प्रस्तुत कृति संस्मरणमा जीवनयात्रालाई लेखक आफैंले प्रकाशनमा ल्याएका हुन् ।
गोवद्र्धन
यो नारायणप्रसाद पोखरेलले सृजना गरेको महाकाव्य हो । बौद्धिकता,दार्शनिक चिन्तन बोकेको छ यस महाकाव्यले । हरेक सर्गमा ६४ श्लोक यस महाकाव्यमा १९ वटा सर्ग समावेश छन् । विभिन्न सुक्ति र मुक्तावलीहरुले महाकाव्य धनी देखिएको छ । उच्चकोटीका कविता र केही फितलो कथानकता बोकेको छ यस कृतिले । स्वभाविक खालका अलंकारहरुको प्रयुक्ति छ । उप कथानकता खास देखिन्न् । भुवनहरीलाई काव्य नायक बनाएको जस्तो लाग्छ । लाक्षणिकता पोतिएका कविताहरु सुन्दर छन् । जसले कविको बौद्धिकतालाई स्पष्ट बुझाउँछन् ।
गोवद्र्धनलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।