
बिनोद खत्री ‘आकाश’
तिमीले जित्न पनि त मैले हार्नु पर्छ
त्यसैले मलाई सानो दाउ पार्नु पर्छ
रहर त के-के थियोे के-के यो मनमा
नचाहेर पनि जानीजानी मार्नु पर्छ
जिम्मेवारीको भार कति हुन्छ गरुँगो
भोलि लेराउला है ! भनेर टार्नु पर्छ
सधैं मुस्कुराउन पाँए हुन्थ्यो सोच्दथे
नसोचेको खबरले आँसु झार्नु पर्छ
अल्झी गरेर कहाँ मिल्छ हो सफलता
गन्तव्यमा पुग्न त पाईला सार्नु पर्छ








