
चैत्र २९, चित्त स्पष्ट रूपमा देखा पर्छ तर साथसाथै यो शून्यता हो भनी बुझ्ने उत्तम तरिका सपनाको उदाहरण हो। तपाईंले सपनामा हात्ती देख्नुभयो भने के त्यो हात्ती तपाईंको चित्तमा देखा पर्छ? निश्चय नै, निकै स्पष्ट रूपमा देखा पर्दछ। तर के त्यो हात्ती वास्तवमै छ त? छैन। सपनामा त्यसरी हात्ती देखा पर्नु स्पष्टता (प्रभास्वर) र शून्यता एकैसाथ रहेको अवस्था (युगनद्धता) हो। त्यो देखा पर्दछ, तापनि त्यसको वास्तविक अस्तित्व छैन। त्यसको अस्तित्व छैन, तापनि देखा पर्दछ। सबै बाह्य प्रपञ्च वा धर्महरूको स्वभाव पनि यस्तै हो।
— इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ २९ बाट







