
चैत्र १८
वस्तुहरूलाई पर्याप्त विवेक र सुझबुझका साथ परीक्षण गरिएन भने आफूले सत्य भनी बुझेको कुरामा दृढ रहन सकिन्न। आफूले बुझेको कुरा सही नै थियो भनेर निश्चित हुन हामीसँग पर्याप्त बौद्धिक आधार हुँदैन। त्यसैले वस्तुहरूलाई यथार्थ रूपमा, सूक्ष्म रूपमा र विवेकका साथ परीक्षण गर्नु अत्यावश्यक हुन्छ ताकि कहिल्यै नडगमगाउने खालको निश्चितता र आफूले जानेको कुरा वास्तवमै सत्य हो भन्ने दृढ विश्वास स्थापित होस्।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ ५९-३९ बाट







