
मंसीर ६, साँचो ध्यानभावना विकसित गर्न हामीमा वास्तविक बोध हुनु आवश्यक छ। त्यो बोध हासिल गर्न आफूले जम्मा गरेका सबै अकुशल कर्म, त्रुटि, आपत्ति र आवरणहरू शोधन गर्नुपर्दछ। शोधन गरिसकेपछि ध्यानभावनाको अनुभूति प्राप्त गर्ने प्रत्यक्ष कारणमा काम गर्नुपर्छ। यो प्रत्यक्ष कारण भनेको पुण्यको विशाल संचय हो, सकारात्मक आध्यात्मिक ऊर्जाको संचय हो, जसले हामीलाई पूर्ण बोध हासिल गर्न आवश्यक आधार प्रदान गर्दछ।
—नवौं कर्मापा वाङ्चुक दोर्जेको धर्मकाय निर्देश, पृष्ठ २४-२५ बाट







