
कार्तिक ४, हामीले धर्मको अभ्यास गर्नुपर्छ। सम्पूर्ण सत्त्व-प्राणीहरूमध्ये मानवले मात्र धर्मको अभ्यास गर्न सक्छ, त्यसैले हामीले यसमा साँच्चै प्रयास गर्नु आवश्यक छ। धर्मको अभ्यासले मात्र हामी आफ्नो र अन्य सम्पूर्ण प्राणीको हित गर्न सक्षम हुनेछौं। यो जीवनलाई खेर फाल्नु हुँदैन; त्यसो गर्नु भनेको प्राप्त गर्न अत्यन्तै दुर्लभ र बहुमूल्य मानव जीवनको अवसरलाई खेर फाल्नु हो। यो अवसर सहजै प्राप्त हुने होइन, त्यसैले हामीले यसको साँच्चै कदर गर्नुपर्छ।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ३१ बाट







