काठमाडौं । यो साता पनि सेयर बजारमा गिरावटले निरन्तरता पायो । गत साता २५७६ अंकमा बन्द भएको बजार यो साता ९० अंक अर्थात् ३.४९ प्रतिशत घटेर २४८६ मा बन्द भयो ।साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढे पनि सोमबार ५९ र मंगलबार ५८.९३ अंक घट्यो ।
बुधबार फेरि ४९.१८ अंक बढेको बजार बिहीबार ३२.८१ घट्यो । बजार घट्दा कारोबार रकम पनि घटिरहेको छ बजारमा आइतबार ५ अर्ब ९ करोडको कारोबार भयो ।
सोमबार ५ अर्ब ६६ करोड, मंगलबार ५ अर्ब ६८ करोडको कारोबार भएकोमा बुधबार ४ अर्ब ८१ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ८४ करोडको भयो।