
काठमाडौं । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस ।‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै आएको छ। यस सन्दर्भमा चि :बहाल परिवारले ठमेल मार्ग स्थित, चि : बहाल गौचरको प्रांगणमा आयोजित कार्यक्रममा २६का वडा अध्यक्ष श्री ख्याम राज तिवारी तथा वनस्पति विज्ञ प्रा. डा. केशव श्र्ष्ठ ,परिवारका सल्लाहकार दिल मर्हजन, राष्ट्रमान तुलाधर तथा वडा सदस्य प्रवेश श्रेष्ट ले सयुक्त रुपमा पैयुँ बृक्षारोपण गर्नु भयो।

सो अवसरमा अध्यक्ष तिवारी बोल्नु हुदै, पर्यावरणमा यस्ता दिवशको निकै महत्व रहन्छ, हामी पनि प्रकृतिका एक अँश हौ, प्रकृतिलाई सरक्षण गर्न सके, प्रकृतिले हामीलाइ सरक्षण दिन्छ, त्यस कारण दिवशका अवसरमा मात्र
नभएर हामीले सधै प्रकृतिको स्याहार गर्न चुक्नु हुदैन वातावरण स्वच्छभए हामी स्वच्छ रहन्छौ ।

कार्यक्रममा सुनकोसी वाङमय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले साकुरा विरुवा बृक्षारोपण गर्नु भयो।

त्यसै गरि अशोक बिहार जिर्णोव्दार सरक्षण समितिका अध्यक्ष सन्जीव श्रेष्टले गुराँस बृक्षारोपण गर्नु भएको थियो।

चि :बहाल परिवार लगायत अन्य ब्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रममा साकुरा विरुवा सम्बन्धि नेपाल र जापान को मित्रता झल्किने नेपाली गीत सामुहिक रुपमा प्रस्तुत भएको थियो ।



