sf7df8f}F, & r}tM
5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f
sf7df8f}FFsf] tf/s]Zj/ gu/kflnsf!) l:yt dgd}h'df cfh lbpF;f] k/]sf] kfgLdf 5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f . tl:a/M xl//fd e]6'jfn÷/f;;
काठमाडौं । आज राति कोसी, वाग्मती, गण्डकी प्रदेशको हिमाली भू-भागका धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका साथै मधेस प्रदेशका धेरै स्थानमा भने मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ ।
कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई, कोसीका हिमाली र पहाडी भू-भाग, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ ।



