
काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित तीन आरोहीको शव आधार शिविर ल्याइएको छ ।
प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाले यसको पुष्टि गरेका हुन् । उनका अनुसार पूर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविर ल्याइएको छ ।
गत शुक्रबार पाकिस्तानकाे ब्राेड पिक आराेहण क्रममा आएकाे हिमपहिराेमा परी पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० मृत्यु भएकाे थियाे ।
आरोहणमा संलग्न ३ जनाको शव अझै फेला परेको छैन् ।
