
काठमाडौँ।इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बलहरूलाई लक्षित गर्दै आकस्मिक आक्रमण गरेको छ ।
सैन्य अड्डाहरूमा इरानले ब्यालिस्टिक मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ ।
यस घटनाले दुई देशबीच कायम रहेको अस्थायी युद्धविराम भंग गरेको अमेरिकी पक्षले बताएको बीबीसीले जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार यो आक्रमण मंगलबार स्थानीय समयअनुसार १७ः४५ बजे भएको थियो । कमान्डले सबै मिसाइलहरू सफलतापूर्वक बीचमै अवरुद्ध ९इन्टरसेप्ट० गरिएको दाबी गरेको छ ।
सेन्ट्रल कमान्डले विशेष गरी जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी इरानले मिसाइल प्रहार गरेको पुष्टि गरेको छ । उसका अनुसार सबै मिसाइलहरूलाई बीचमै निष्क्रिय पारिएको र अमेरिकी सेना उच्च सतर्कताको अवस्थामा रहेको अलजजिराले जनाएको छ ।
इरानले भने यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकी दाबीअनुसार यो आक्रमण दुई देशका वार्ताकारहरूलाई पुनः वार्ताको टेबलमा ल्याउने उद्देश्यले भएको युद्धविरामकै बीचमा भएको हो ।


