
समयभित्रको समय
समुहगत रुपमा कृति निकाल्नेहरुको लाइनमा आएको यो संयुक्त कवितासंग्रह पनि आएको छ । यस कवितासँग्रहभित्र १५ जना कविहरुका जनही ७ थान कविता परेका छन् ।विषयगत विविधतामा शिर्षकृत कविताहरु समावेश यस कृतिमा कविहरुको व्यक्तिगत कवित्वको चेत पढ्न सकिन्छ । कविता पढेर उनीहरुको लेखनीको बारेमा धारणा बनाउन सकिन्छ । बिम्बात्मक कविता पनि छन् ।र सरल तथा सुवोध्य पनि । कविताले उठाएका सवाल र बोकेका विषयवस्तुहरु यहि समाजको उपज लाग्छन् । युग बोलेका कविता छन् । देशको प्रेम छ यहाँ । हाम्रा समयका पदचापमा पाइएका विकृति र विसंगतिहरु उजागर गरिएको छ यहाँ । प्रेमिल भावहरु अभिव्यक्त भएका कविताहरु पनि लामबद्ध छन् । गरिवीको पीडा बोलिएको छ । कृतिमा यस्तै यस्तै विविध विषयवस्तुमा लेखिएका सृजनाहरुले स्थान पाएका छन् ।
युवाहरुको एक सतप्रयास बनेर आएको छ कृति ।
समयभित्रको समयलाई जुमन किरणले प्रकाशनमा ल्याएकी हुन् । यसको मूल्य रु.३७५। रहेको छ ।








