
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को सहकार्यमा नेपाल र बंगलादेशबीच टी-२० आई क्रिकेट शृंखला हुने भएको छ । उक्त खेल कीर्तिपुर क्रिकेट रंगशालामा हुनेछ ।
खेल आगामी वर्ष २०२७ को मार्च २६, २८ र ३० तारिखमा हुने नेपाल क्रिकेट संघले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
उक्त शृंखलालाई नेपालमा हालै रसुवामा आएको बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा समर्पित गरिने जनाइएको छ ।
बुधबार क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै क्यान र बीसीबीले संयुक्त रूपमा उक्त शृंखलालाई मित्रता, मानवीय संवेदना, स्मरण र ऐक्यबद्धताको विशेष सन्देश बोकेको शृंखलाको रूपमा अगाडि बढाउने निर्णय गरेको जनाएका छन् ।

