
काठमाडौँ । साहित्यकार डा. नवराज रिजालको गीतिसंग्रह ‘देखेको छु तिमीलाई’को एक कार्यक्रमबिच सडक विमोचन गरिएको छ ।
बुधबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलगायतले कृति सार्वजनिक गरे ।
सडक विमोचन अभियानको १७औँ शृङ्खलामा कृतिकार डा. रिजालले आफूले लेखेका गीतहरूका बारेमा बताए । उनले यसमा राष्ट्रिय भावका गीतहरू रहेको उल्लेख गरे ।
कार्यक्रममा साहित्यकारहरू प्रमोद प्रधान, डा।शैलेन्दुप्रकाश नेपाल, राजाराम बर्तौला, बद्रीप्रसाद ढकाल, छायादत्त न्यौपानेलगायतले बोलेका थिए ।
डा. रिजालको यो गीतको कृति अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो ।

