
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से २१.१९ अंकले बढेर २६१२.४२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५० कम्पनिका एक करोड ५१ लाख १ हजार ५५५ कित्ता शेयर ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको शेयर ६.३७ प्रतिशतले बढेको छ भने हिमाल दोलखा हाइड्रोको शेयर ५.३१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी हाईब्रिडको शेयर ७.७३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमाल दोलखा हाइड्रोको ३७ करोड ९५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको २५ करोड १० लाख बराबरको कारोबार भएको छ ।




