
काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४५ कम्पनिका ९५ लाख ७६६ कित्ता शेयर ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी धनवृद्धि योजनाको शेयर ९.७७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अग्रिकल्चरल बन्डको ५० करोड ६५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ३० करोड ४ लाख बराबरको कारोबार भएको छ ।







