
ओखलढुंगा।मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मानेभञ्ज्याङ–८ का ६२ वर्षीय छविलाल तिमल्सिना र सोही स्थानका २२ वर्षीय रबिन पुलामी मगर छन् ।
ना १ लु ४ त १६७२ नम्बरको ट्याक्टर बुधबार विहान करिव १० बजे दुर्घटनामा परेको हो । ट्याक्टरमा पाँचजना सवार रहेकोमा चालकसहित तीनजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
राघापुरको भिरमा ढुङ्गा लिन जाने क्रममा ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
