
बुद्धको जीवन कालमा रम्य, सुन्दर, चौतारा, चौवाटो, आरामगृह, आरक्षण (मृगदाव) को अर्थमा चैत्य (चेतिय) शब्दको प्रयोग भएका धेरै सन्दर्भहरू भेटिएका छन् । जुन माथि चर्चा गरिसकेको छ । अतः बुद्धको परिनिर्वाण र शारिपुत्र एवं मौद्गल्यायनको निर्वाण पछि मात्र बुद्ध भगवान् स्वयंको निर्देशनमा यी तीनै महापुरुषहरूको अस्थिधातु राखी चक्रवर्ती राजाहरूको जस्तै स्तूप बनाउने प्रचलनको सूत्रपात भएको बुझिन्छ । बुद्धकालीन भारत वर्षमा चक्रवर्ती राजाहरूको स्तूप बनाउने चलन प्राचीन प्रचलनमा गनिन्छ । बुद्ध भगवान्ले बुद्ध, प्रत्येक बुद्ध, अर्हतहरूको चैत्य बनाउनु हुन्छ भनेर स्तूप बनाउने आज्ञा नदिएको भए बौद्ध धर्ममा वास्तु कलाले कुनै हालतमा प्रवेश पाउने थिएन होला । यति मात्र होइन ,पुरातनकालका राजा महाराजाहरूको स्तूप बनाउदा मिश्रका राजा महाराजाका ममीहरूका साथमा र मुस्लिम राजा महाराजाहरूको चिहानमा तद् तद् महापुरुषहरूले उपभोग गरेका वस्तुहरू, बहुमूल्य रत्न जवहारात एवं सुनचाँदिका गर-गहना समेत चिहान मै राखीदिनु पर्ने अन्ध परम्परा जस्तै उपभोगका सामानहरू दान दिने र दिन लगाउने प्रचलन पनि तत्कालीन समाजमा विद्यमान थिए
तर पाली वाङ्मयमा सांसारिक जंजालबाट मुक्त हुन संग्रह गर्ने बानीले आसक्ति (तृष्णा) बढ्छ भनी संग्रहको विरोध गर्ने बुद्ध भगवान्ले आफ्ना परिभोग्य वस्तुहरू राखेर स्तूप बनाउन कहिल्यै प्रेरणा दिनु भएको थिएन । तर भगवान् बुद्धको परिनिर्वाण पछि अस्थिधातु (शारीरिक अवशेष) उपलब्ध गर्न नपाएकाहरूले भगवान् बुद्धसँग सम्बन्धित वस्तुहरू समेत राखी अत्यन्त श्रद्धेय स्तूपहरू निर्माण गरे । यिनै स्तूपलाई पछि चैत्य अर्थात् चिति (चिता) को वस्तु खरानी हड्डीको धूलो आदि राखी स्मारकको रूपमा स्तूप निर्माण गर्न थालेकाले स्तूपलाई चैत्य भनी श्रद्धा गर्न थालेको हुनुपर्छ ।
तर ती चिति (चिता) को वस्तु पनि नपाएपछि भगवान् बुद्धले प्रयोग गरेका (उपभोग गरेका) वस्तु भगवान्ले उपदेश दिएको धर्म – त्रिपिटक, बुद्ध प्रतिमा आदि राखी चैत्यका रूपमा पूजा गर्ने परिपाटी चलन थाले । यसरी बुद्धको परिनिर्वाण पछि पाली वाङ्मयमा चार प्रकारका चैत्यहरू उल्लेख हुन
आएको देखिन्छ । ती हुन्-
१. शारीरिक चैत्य
२.परिभोग चैत्य
३. धर्म चैत्य
४. उद्देश्य चैत्य
१. शारीरिक चैत्य
उरुबेलामा दुईजना भगवान् बुद्धको केश, दन्त, अस्थिधातु राखेर स्मारकका रूपमा बनाइएका चैत्यलाई पाली वाङ्मयमा “शारीरिक चैत्य” भनिन्छ |
उरुबेलाका व्यापारी त्रपुष भल्लकले भगवानको उपदेश सुनी अत्यन्त प्रभावित भई बुद्ध र धर्मको शरण गएर सर्वप्रथम व्दैवाचिक उपासक भएका थिए । यिनीहरूले अत्यन्त श्रद्धा गरी भगवान् बुद्धको स्मरणीय चिन्हको रूपमा केही कुरा मागेर लग्ने विचार व्यक्त गर्दा भगवान् बुद्धले आफ्नो टाउका मुसारी सातवटा कपाल उनीहरूलाई दिई पठाए । उनीहरूले त्यही केश राखी “केश चेत्य” बनाए । जुन कुरा माथि पनि उल्लेख भइसकेको छ । त्यस्तै भगवान् बुद्धको दन्तहरू मध्ये एक दन्त राखेर श्रीलंकामा चैत्य बनाइयो भने एउटा दन्त तक्षशिलाबाट चीनमा पुग्यो र त्यहाँ पनि एउटा दन्त चैत्य (शारीरिक चैत्य) निर्माण भयो ।
२. परिभोग चैत्य
भगवान बुद्धको अस्थि नपाएपछि भगवान्ले आफ्नो जीवनकालमा प्रयोगमा ल्याएका वस्तुहरू जस्तै कि पात्र, चीवर आदि राखी बनाइएको स्तूपलाई “परिभोग चैत्य” भनिन्छ । त्यस्तै भगवान्ले बुद्धत्व लाभ गर्न उपयोग गरेको बोधिवृक्षलाई पनि परिभोग चैत्यका रूपमा सम्मान गरिन्छ । आफूलाई बोधि लाभ गर्न सहयोग गरेकोले वोधिवृक्षलाई अनिमेष नेत्र पूजा गर्नु भएको र वोधि वृक्षलाई चैत्य नामाकरण गरेको कुरा माथि उल्लेख भइसकेको छ ।
३. धर्म चैत्य
बुद्ध उपदेश, बुद्ध वचन अथवा त्रिपिटक आदि शिलालेखमा कुंदी बनाइएको स्मारकलाई “धर्म चैत्य” भनिन्छ । वर्मामा पनि बुद्ध वचन, त्रिपिटक आदि कुंदी राखेको शिलापत्रहरू छन् । सिंगो पुस्तक वा आंशिक भगवान्को वचन उल्लेख गरेकोलाई समेत “धर्म चैत्य” भन्ने प्रचलन छ । त्यस्तै धम्मपद, अशोकको शिलालेखहरूलाई पनि “धर्म चैत्य” मान्न सकिन्छ । स्वयं भगवान्को अगाडि प्रसेनजित महाराजले भगवान्का श्रावकहरू र अरु निगन्थनाथका चेलाहरूमा तुलना गरी भगवान् बुद्धका श्रावकहरूको विनय, ब्रह्मचर्यका बारे तारिफ गरेका कुरालाई इंगित गरेर भगवान् बुद्धले त्यतिबेला त्यहाँ उपस्थित आफ्ना श्रावकहरूलाई “धर्म चैत्य” लाई कदर गर, धर्म चैत्यको अनुगमन गर, सिक, अभ्यास गर भन्नु भएबाट पनि भगवान्को धर्म यानि ब्रम्हचर्यलाई पनि ” धर्म चैत्य”लाई 17 शब्द प्रयोग भएको छ भन्ने कुरा माथि पनि उल्लेख गरिसकें ।
४. उद्देश्य चैत्य
पुण्यको दृष्टिले भगवान्को चित्र, मूर्ति बनाइ पूजा गर्नुलाई “उद्देश्य- चैत्य” मानिएको देखिन्छ । किनभने पाली साहित्यमा “बुद्ध पट्टिमा उद्दिस्सक चेति” भनेर उल्लेख गरेको पाइन्छ । बुद्ध भगवानको जीवन कालमा वहाँको प्रतिमा मूर्ति बनाउने प्रयास कसैले गरेको देखिदैन । तर सर्वप्रथम भगवान्को मूर्ति राजा कणिष्कको पालामा भगवान्को परिनिर्वाण भएको पाँच शय वर्षपछि निर्माण भए भन्ने इतिहासविद्हरूको विचार छ । तत् पश्चात् संसारमा शान्ति नायक बुद्ध भगवान्को यति मूर्ति एवं प्रतिमा बने शायद अरू देव-देवता एवं महात्माहरूको यति असंख्य मूर्ति विरलै बने होला ।
यी उपर्युक्त चार वर्गमा वर्णित श्रद्धेय चैत्यहरूको महनीय पक्षलाई दृष्टिगत गरी निर्माण गरेका चारै वटा निमित्तयुक्त चैत्यले चैत्यको विकास

चित्र नं. १ लिच्छविकालीन ४ निमित्त युक्तचैत्य तधाचुक, चपाट, लपु
क्रमका साथसाथै मूर्ति रहित स्तूपबाट मूर्तियुक्त चैत्यको विकास हुँदै गएको गौरवमय परम्पराको अनुभूति दिन्छ । यस किसिमको चारैनिमित्त युक्त चैत्य अर्थात् बुद्ध भगवान्को जन्म, बुद्धत्व प्राप्ति, धर्मचक्र प्रवर्तन र तथागत भगवान्को परिनिर्वाणको दृश्य क्रमश चैत्यको चारै दिशामा अंकित गरेको चैत्य पनि निर्माण भएको देखिन्छ । तर यस पकारको चारै निमित्तका दृश्य भएको चैत्य बुद्धगयाको परिसरमा मात्र पाइन्छ त्यस्तै सारनाथ र कलकत्ताको संग्रहालयमा पनि उपलब्ध छन् । हाम्रो बुद्ध जन्मभूमि नेपालमा यस्तो चैत्य पाईदैन यसको मुख्य कारण हो वज्रयानीहरू परिनिर्वाणको दृश्य अंकित गर्न रुचाउँदैनन् ।
17. राहुल सांस्कृत्यायन- बुद्ध चर्या पृ. ४४७


पं. दिव्यवज्र वज्राचार्यको “वज्रमहायान भन्ने लेखअनुसार वज्र महायानीहरू दुःख होइन सुख विपश्यक भएकाले हुन् भन्ने दार्शनिक रहस्य अवगत हुन्छ । कुरा प्रथम शताब्दीको ग्रन्थ मानिने दिव्यावदानमा19 पनि जन्म, सम्बोधि परिनिर्वाण आदिका दृश्य अंकित गर्नुको सट्टा मुख्य चैत्यको चारै कुनामा जन्म, सम्बोधि, धर्मचक्र प्रवर्तन र परिनिर्वाणका प्रतीक स-साना निमित्त चैत्य स्थापना गर्ने वर्णन गरेको पाइन्छ । यही ग्रन्थलाई अनुसरण गरी श्रीघः चैत्य, ठहिटीचैत्य तेबहाल,ललितपुर चपात • चित्र नं. १ आदि स्थानका चैत्यहरूमा पनि चैत्य, मुख्य चैत्यको चारै कुनामा स-साना निमित्त चैत्य स्थापना गरेको पाइन्छ । हुनत बोधिगयाको महाचैत्यको र ललितपुरको महाबुद्ध चैत्यको चारै कुनामा पनि स-सानो निमित्त चैत्य उपलब्ध हुनुबाट पनि यी चार निमित्तका प्रतीक चैत्यहरू अत्यन्त श्रद्धेय मात्र होइन वन्द्य र महत्वपूर्ण रहेछ भन्ने आवश्यक छ ।
पाली ग्रन्थमा स्तूप वा चैत्य कसरी बनाउने केबाट बनाउने कहीं पनि वर्णन गरिएको पाइँदैन । अत: हामी के भन्न सक्छौं भने बुद्धकालीन समाजमा स्तूप एवं चैत्य सर्वविदित सामान्य र सरल वस्तु मध्ये एक होला । आज पच्चिस शय वर्षपछि आएर स्तूपको आकार प्रकार उँचाई चौडाइको कुनै वर्णन नहुँदा पुरातन समयमा स्तूप कस्तो थियो होला बुझ्न अत्यन्त कठिन भएको छ । तर यसो भएतापनि श्रावक विनयमा भोजन सम्बन्धी कुरालाई लक्ष्य गरी भगवान्ले आज्ञा भएको वाक्य “न थूपकतो ओमछित्वा पिण्डपातो भुञ्जितव्वो” भन्ने वाक्यबाट स्तूप पस्केको भोजनको थुप्रो जस्तै तलबाट माथि चुलिदै गएको गोलाकार थुप्रो जस्तो रहेछ भन्ने कुरा बुझ्न सकिन्छ ।
बद्ध भगवान्को परिनिर्वाण पछि भगवान्का अस्थिधातु राखी बनाइएका चैत्यहरु सम्राट अशोकले भत्काएर अस्थिधातु निकाली चौरासी हजार चैत्य विभिन्न देशहरूमा निर्माण गरिए भनेको सुनिन्छन्, तर पनि त्यस्ता पवित्र अस्थिधातु भएको स्तूप, स्तूप पत्ता लगाउन सकेको छैन । प्राचिन स्तूपका रूपमा सांचि स्तूप, निर्बाण स्तूप,भरतहूत स्तूप र धम्मिक स्तूपलाई मानि आएका छन् । चित्र नं. २, ३ र ४ हाम्रो देश नेपालमा सम्राट् अशोकले बनाएर गएको भनिने पाँचवटा स्तूप मध्ये चारवटा मात्र उपलब्ध छन् । ती स्तूपमा राखिएका ध्यानी बुद्धका मूर्ति बाहेक अरु सबै आकारप्रकार श्रीलंकाको थुपाराम, थाइलैण्डको नगरपठम थुप र वर्माको स्वेडगौं स्तूपको आकारसँग मिल्दा जुल्दा छन् ।
18. पं. दिव्यवज्रका लेखसंग्रह – बुद्धबोधी पृ. 21
19. दिव्यावदान – पू. १५१








