
चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)को केन्द्रीय सदस्यका लागि ८० जना महिला प्रतिस्पर्धामा ओर्लिएका छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरूको प्रारम्भिक सूची अनुसार ९९ पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ। तीमध्ये ८० जना महिला छन्।
यो सूची अनुसार भुगोल क्लष्टरबाट १७४ र राष्ट्रिय क्लष्टरबाट २१० जनाले उम्मेदवारी दिएका छन्। भूगोलमा १३९ जना पुरूष प्रतिस्पर्धामा छन् भने ३५ जना महिला छन्।
त्यस्तै, राष्ट्रिय क्लष्टरमा १६५ पुरूष छन् भने ४५ महिला प्रतिस्पर्धामा छन्।
