
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट समापतिमा निर्वाचित भएका गगन थापाले यो भुइँतहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको बताएका छन् ।
सभापतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्रै नभई आधुनिक नेपालको इतिहासमा भुइँतहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप हो।”
“दल सुध्रन पर्छ, दल बदलिनुपर्छ वर्षौंदेखि भन्दै आइयो तर दल सुधार्न, बदल्न भनेर मात्र होइन गर्नुपर्छ भनेर यो पटक गरेको समय हो,” उनले भने ।
उनले दल सुधार्न, बदल्न आफूहरूले यो पटक भनेर होइन गरेको समय भएको उल्लेख गरे ।
सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले कांग्रेस भएकामा गौरव गर्न योग्यको बनाउने बताए ।आफूलाई दिइएको जिम्मेवारी इमानदारीताका साथ निभाउने बताए ।
“जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईंहरू कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरूले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु ।”थापाले भने ।
