
काठमाडौँ ।राजधानी काठमाडौं बौद्धस्थित भाटभटेनी सुपर स्टोर आज १० असारदेखि पुन: सञ्चालनमा आएको छ ।
२३ र २४ भदौ २०८२ को जनेनजी आन्दोलनमा आगलागी गरी ध्वस्त बनाइएको यो स्टोर बुधबारदेखि पुनस् सञ्चालनमा आउन लागेको हो ।
१० असारदेखि बौद्ध भाटभटेनीले दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।
ग्राहक सुविधा ध्यानमा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता यथावत् रहेको उनले बताए ।