ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको जावलाखेलमा आयोजित भोटो जात्रा शनिबार अपरान्ह अवलोकन गरेका छन् ।
ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भई उनले प्रथम महिला सबिता पौडेलसहित सो जात्रा अवलोकन गरेका हुन्।
बुङ्द्योको रथ लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका थिए भने राष्ट्रपति पौडेलले बुङ्द्योसँगै जीवित देवी कुमारीको दर्शन पनि गरेका छन् ।
बुङ्द्योलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिन्छ । त्यसो हुँदा यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व रहिआएको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश मनोज शर्मा, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थति रहेको थियो।


