
पञ्चले सिकाएको माया
रेजिना पाण्डे
संसार कति बिचित्रको छ । हेदै अनि सुन्दै गर्दा कति अचम्म लाग्छ । कहिल्य काँही एउटा निर्जीव गुडियाले एउटा बच्चाको जिन्दगी पनि बदल्दो रहेछ भन्ने कथा आज संसार भरि नै फैलिएको छ । सामाजिक सञ्जाल भरिनै यो कथाले धैरैको मन जितेको छ । सबैको प्रिय कथा बनेको एउटा निर्जीब गुडियाले पनि कसैको लागि माया,आशा र भरोसा दिन्छ, दिँदो रहेछ भन्ने कुरा यो कथाले देखाईदिएको छ । साँच्चै माया जसरी पनि दिन सक्ने रहेछ त ।
यो सत्य कथा हो जापानको एउटा चिडियाखानामा जन्मिएको पँञ्च नामको यो सानो बाँदरको कथाले संसार हल्लाई रहेको छ । जन्मेलगतै आफनो आमाले उनलाई अस्वीकार गरिन र त्यागिन। उ एक्लो भयो । हेरचाहकर्ताले उसलाई अँगालो हाल्नको लागी गुडिया खैलौना दिए त्यस दिनबाट त्यो खैलौना उसको हातबाट छुटेको छैन । उसले त्यो गुडियालाई आमा सम्झेको छ । उसको सारा संसार नै त्यहि गुडिया नै भएको छ पँञ्चको कथा अचम्मको छ ।
उसले असल आमा पाएको महसुस गरेको छ । त्यो निर्जिव खेलौनालाई उसले आमा मानेको छ । मानौ त्यही नै उसको सुरक्षित संसार हो उसलाई सुरुदेखि नै सबै भन्दा बढी चाहिएको कुरा केवल साथी होइन । आफनो आमाको न्यानो अँगालो थियो । उसले त्यो गुडिया पाएको छ ।
आफ्नै आमाले त्यागेपछि आमाको न्यानो काख नपाएर छटपटाईरहको बेला उसले एउटा खेलौनाबाट आमा पायो उसले त्यो खेलौनाबाट माया पायो पाएन,थाहा छैन । तर उसलाई थाहाँ भयो यो नै मेरो आमा हो ।
आज उसले जहाँ जाँदा पनि लछार्दै त्यो गुडियालाई लान्छ । उसँगै उफ्रन्छ,सुत्छ, घिसारेर ठाउँठाउँमा लान्छ । अत्यास भएको बेला त्यहि गुडियाको काखमा हराउँछ । छातीमा टाँसेर बस्छ । कस्तो अचम्म ढुकढुकी नै नभएको गुडिया उसको आमा साँच्चै आमा फोटोमा निर्जिव बस्तुमा पनि हुँदोरहेछ भन्ने उसले सावित गरिदिएको छ । आफनै आमाले ढाडस दिन नखोजे पछि कसको के लाग्दो रहेछ त। अरु बाँदरहरुले जिस्काउँदा होस वा एक्लो महसुस हुर्दा उसले त्यही निर्जीव पुतलीमा आफनो आमाको ढुकढुकी खोज्छ । पाएको पनि छ सायद ।
आमाभन्दा ठुलो संसारमा केही छैन । कोइ छैन् । आमा छिन त सबै छ । नत्र संसार नै अन्धकार । आमा बिहिन भएर बस्न कति गाह्रो आमा भएर पनि आमाले अपनाउन नसक्नु विडम्बना ।
साँच्चै आमाको भुमिका सन्तानको लागि कति बिचित्र छ ।एउटा अन्जान बोल्न नसक्ने प्राणीले पनि देखायो ।
भर्खर केही दिन अघि तीन महिनाको बालकलाई जंगलमा प्लास्टिकमा बेरेर एउटा निर्दोष ज्यानलाई फालेको देख्दा लज्जित लाग्छ मान्छे कतिसम्म निष्ठुरी हुन्छ । फाल्नु थियो पेटमा नै फालेको भए हुन्थो नि । संसारमा ल्याईसकेपछि किन फाल्ने । दया नभएको नै हो त ? यस्ता घटनाहरु धैरै देखिन्छ ।
आज कति आमाहरु बुझ पचाएर आफनो सुख सुबिधा खोजेर आफ्ना सन्तानलाई छोडेर हिड्छन्। अलपत्र पारेका छन् धैरै आमाहरुले सन्तानहरुलाई बिचैमा छोडेर । घर र घाटका परिदिएका पनि छन्। साँच्चै मानवता नभएकै हो त आज आमाहरुको घृणाले फालिएका बच्चाँहरु कति अभागी छन कति ? कतिले त खैलौनाको माया पनि पाउदैन् ।
पञ्च जस्तो भाग्यमानी पनि हुदैन । पञ्चलाई बुझिदिने थिए तर यहाँ धैरै सन्तानहरु लाचारीपनमा अड्केका छन् । दमनमा शोषणमा परेका छन । टाँसिएर रुने छाती पनि पाउदैन् । मायाँ पाउदैनन् । आफनाबाट घृणित हुन्छन ।
मान्छे जस्तो बुझने प्राणीले त आफना सन्तानलाई त्यागे भने पनि आफनो शानमान पाउनको लागि धैरै आमाहरुले सन्तानलाई बलि पनि दिएर खुशी पनि भएका छन ।
आमाको भुुमिका कस्तो छ भन्ने कुरा एउटा पशुुबाट पनि सिक्न सक्छौ। यतिखेर हामीले आमाको साहाराबाट बञ्चित हुुुदाँका पीडा कस्तो हुन्छ यो दृष्य पनि देख्न सक्छांै । यतिखेरप हामीले पञ्चको दृष्य देख्र्दा । अनुभव पनि गर्न सक्छांै आमा के हो त ।
टेडी बियरलाई आमा मान्रे पञ्चले आफनो आमाको दुध पाउन सकेन ढाडमा बसेर संसार संसार देख्न भने पाएन ।
आमा साथ छुटदा कतिको पीडा हुन्छ त्यो पर्नेेलाई थाहा हुन्छ । आमाको न्यानो काख नपाउँदा तडपिएको पीडा त्यो बालकलाई थाहा हुन्छ जस्को संसार शुन्य हुन्छ मरेको र गएको आमाभन्दा बिचैमा अलपत्र पारेर आफनो खुशी खोज्न हिड्ने महिलाहरुलाई के थाहा बच्चाहरु कति तड्पिएका छन भन्ने कुरा ।
आज सामाजिक सञ्जालमा आमाहरु सन्तानलाई रुवाएर हिडेका कथाहरु धेरै देखिन्छन् । बच्चाहरु रोएका पिडाहरु धैरै देख्न पाईन्छन् । आफु हाँस्नकै लागि सन्तान रुवाएकै हुन । उनीहरु सन्तानलाई रुवाएर बाचेकै छन त । एक जना बहिनी भन्छिन म मेरो आमालाई जहिलेपनि सराप्छु । हामी तीन दिदी बहिनीलाई छोडेर हिडेकी थिइन मेरो कान्छी बहिनीले त बामे पनि सरेकी थिइनन ।
के माया नभएर नै सन्तानलाई छोडेका हुन त ? म अचम्म परेको छु महिना दिनको बच्चालाई जथाभावी छोड्छन केही दिन अघि मैतिदैवीमै भर्खरको लगभग तीन महिनाको सानो बच्चा फेला परर्यो । सालनाल पनि नकाटेको झोलामा पोको मा छोडिएको थियो ।
आमा खुशी हुनकै लागि यी बच्चा फालेका हुन त आमाले नौ महिना पेट बोकेर पाएको बच्चालाई फाल्न बाध्य गराउने कस्तो समस्या ।
सायद तपाई भ्रममा हुनुहुन्छ आफुले नै नौ महिनासम्म पेट राखेको सन्तानलाई तपाईले आफनो बनाउन सक्नुभएन समाजसँग लडन सक्नुुभएन भने तपाईले अरुलाई माया गर्न सक्नु हुन्छ त ?
सबैको आफनो आफनो बाध्यता हुन्छ । समय अनुसार परिस्थिती फरक फरक होलान तर सन्तानलाई नै निमोठनु अलि बिबेक भएन। यो कुरा एउटा पशुले पनि सावित गरिदिएको छ आज आमा भन्ने चिज कस्तो हो भनेर ।
हामी हाम्रो खुशी खोज्यौं सहाराको नाममा अरुको दास बन्ने प्रयार गरांै आमाले दुुईवटा विवाह गरे बाबाले अर्कि ल्याए होस्टेलको जीवन सहज हुन्छ र अँगालोमा बाँधेर राख्ने कलिला बच्चाहरुको कथाहरु सुुन्दा नरमाइलो लाग्छ । बिधालयले ज्ञान देला बाच्ँने आधार सिकाउला तर आमाको न्यानो काख त कसले दिन सक्ला होइन् ? आमा आमा नै हो जसले जे भने पनि आमाले दिने खुशी भगवानले पनि दिन सक्दैन सन्तानले पनि आमाको महत्व बुझन जरुरी छ भने आमाले पनि सन्तानको आज पँञ्चको कथाले सावित पनि गरिदियो आमा त निर्जीव बस्तुुमा पनि हुदिरहेछिन भनेर ।
आमा आमा नै हो भन्ने कुराको प्रमाण सास नभएको गुडियामा पनि आमा देखिदोरहेछ भन्ने शव्द नै काफी छ संसारमा यसको उदारण बाँदर पञ्चले दिएर छोडयो ।








