
गजल
सुरेशकुमार पाण्डे
मानिस इतिहासमा थुप्रै गद्दार पनि देखियो,
राम्रा नराम्रा बिचार र व्यवहार पनि देखियो।
जो विदेशीको दलाल छ देश नाङ्गेझार पार्छ,
नढाँटी भन्नुपर्दा उनकै सरकार पनि देखियो।
मानिसहरू आगो लगाउँछन् खरानी पार्छन्,
आफ्नो देश भएको नाङ्गेझार पनि देखियो।
किन होला यो दुनियाँमै मानवताहिन हुन्छन्,
देश र विदेशका झुटा समाचार पनि देखियो।
भन्छौँ यो देशभित्र लडाई झगडा किन हुन्छ,
साँच्चै भन्दा झगडाको आधार पनि देखियो।
भन्छन् बोल्नेको खरानी पनि बिक्छ यहाँ,
अनैतिकमा मुछिएको व्यापार पनि देखियो।
दाङ घोराही १८





