
पशुपुरका हामी
—————
मोहन राज शर्माको पशुपुर-देशमा
बिपिको दोशी चश्मा लाएर
सरकारी र राजनीतिक कर्मचारीहरु
मालिक ले आफ्नो ढोग देखेनन कि भन्ने मानसिक रोग बोकेर;
भुपिको घुम्ने-मेचमा बसेर
हल्लाको खेती गरिरहेका
अन्ध-भक्ती र बिचार बोकेकाहरुको
सेवा गरीरहेछन,
र त्यो पशुपुरका हामी पशुहरु,
पशुपतीनाथले आफ्नो काम गरीदेलानकी भनेर
बागमती आमा थला पर्नेगरी
पशुपतिनाथलाई घूष चढाउँदै छौँ !
–प्रेम जोरबेनियन








