
गजल
विमुन्स
खुशी खोज्न मान्छे सधैँ दाउ गर्छन्
नभेटे स्वयम् शत्रु बन्छन् र मर्छन्
अरू का खुशीमा नहाँसी नहाँसी
फगत ओठ च्याती सबै सामु पर्छन्
कतै नक्कली नाम तेर्स्याउनेका
बनि भक्त तन सुम्पिँदै घाट तर्छन्
गरी मान मर्दन हिँडेकाहरूमा
बडो मान सम्मानका फूल छर्छन्
सही वास्तविकता उजागर नगर्दा
सुकन्या गल्लीमा अनायास झर्छन्








